काठमाडौं ।
पानीपोखरीमा रहेको शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर प्रालि आजबाट तेस्रो वर्ष प्रवेश गरेको छ । विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुको एक समूहले जन स्वास्थ्यका परीक्षणको काम स्वदेशमै सहज रूपमा अघि बढाउने योजनाका साथ ३ जेठ २०८० मा यो सेन्टरको स्थापना गरेका थिए । त्यस यताको यो अवधिमा सेन्टरले डाईग्नोस्टिक तथा क्युरेटिभ समेत गरी ५० हजार बढीलाई सेवा दिइसकेको छ ।
शनिवार दोस्रो वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा सेन्टरकी अध्यक्ष प्राडा ममता लाखेले सहकर्मीहरुलाई संगै राखेर केक काटेकी थिईन । सो क्रममा उनले शुक्रालाई यो स्थानसम्म ल्याई पुर्याउन धेरैको सहयोग पाएको भन्दै सबैलाई धन्यवाद दिएकी थिइन् ।
‘काठमाडौँ मेडिकल कलेजमा २० वर्ष काम गरेकी वरिष्ठ प्याथोलोजिष्ट प्राडा लाखेले आवश्यक जनशक्ति हुँदा हुँदै पनि प्रयोगशाला परीक्षणका लागि भारत पठाउनु पर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले शुक्रा खोलिएको बताइन् ।
उनले अहिले भारत पठाउने गरिएका धेरै परीक्षणहरू शुक्रामा हुने गरिएको समेत जानकारी दिइन् । उनले भनिन् । नेपालमा धेरै प्याथोलोष्टि भएर पनि टेष्टका लागि भारत पठाउनु पर्दथ्यो । क्यान्सरको रिपोर्ट पनि हामीले तत्कालै दिन नसक्ने,इम्युनोहिस्ट्रो क्यामेष्ट्री गरेर कुन प्रकारको क्यान्सर भनेर थाहा पाउनका लागि भारत नै पठाउनु पर्दथ्यो । अव यस्ता खालका महत्त्वपूर्ण टेस्टहरूका लागि भारत जानु पर्दैन यही नै गर्छौ ।
ईम्युनो हिस्ट्रो क्यामेस्ट्री, मोलिक्युलर प्याथोलोजी,जो क्यान्सर बिरामीको लागि लक्षित छ । कुन प्रकारको क्यान्सर हो भन्ने थाहा पाएपछि कुन प्रकारको उपचार विधि प्रभावकारी हुन्छ भनेर निर्णय लिन पनि सजिलो हुने सकिन्छ । भारतमा पठाउँदा १० देखि १५ दिन लाग्छ । यहाँ ५ दिनमै रिपोर्ट आउँछ ।’

स्वास्थ्य समाजका लागि शुक्राको बिहानी शिविर
हामीकहाँ परीक्षणका अलावा क्लिनिकल सर्भिस दिने वरिष्ठ डाक्टरहरूको पनि उपलब्धता छ । बेलुकाको समयमा ती डाक्टरबाट चिकित्सकीय सेवामा खटिनुहुन्छ । सेन्टरकी प्रशासन प्रमुख रोजिना प्रधानले भनिन् । उनले पनि जनस्वास्थ्यका प्रयोगशाला परीक्षण बाहिर पठाउनुपर्ने अवस्थाको अन्त्यका लागि शुक्रा सञ्चालनमा ल्याइएको र धेरै हदसम्म त्यो लक्ष्य पुरा गरेको पनि दावी गरिन ।
उनले सेन्टरमा प्रयोगशालासँगै ओपिडी क्लिनिक सेवा पनि सुरु गरेको बताइन् । अहिले सेन्टरमा ल्याब परीक्षण, मल्टीस्पेशालिटी विशेषज्ञ परामर्श, एक्स–रे, यूएसजी, ईसीजी, फार्मेसी जस्ता सेवाहरु रहेका छन् । यस्तै घर वा अफिसमा बसेका व्यक्तिहरुका लागि उनीहरूको निवासमै पुगेर परीक्षणका लागि निःशुल्क रूपमा रगत ल्याउने व्यवस्था मिलाएको समेत बताए ।
वार्षिकोत्सव विशेष छुट
यसैबिच आज सम्पन्न शुक्राको दोस्रो बार्षिकोत्सवको अवसर पारेर सेन्टरले जेष्ठ महिनाभरि ल्याब रुटिन टेष्ट, अल्ट्रासोनोग्राफी यूएसजी, ईसिजी, इको, एक्सरे सेवामा २५ प्रतिशत छुट प्रदान गरिनेछ । साथै, जेठ ४ गतेबाट सप्ताहव्यापी रूपमा जनरल फिजिसियन, मधुमेह, हर्मोन तथा थाइराइड सम्बन्धी विशेषज्ञ परामर्श सेवा पनि निःशुल्क रूपमा उपलब्ध गराइने प्रधानले जानकारी दिइन् ।

प्राडा लाखेले शुक्रामा धेरै सङ्क्रामक रोगहरूको पीसीआर टेष्ट, स्पेशल बायोकेमेष्ट्री टेष्टहरु जो प्राय बाहिर पठाइन्थ्यो त्यो परीक्षणहरू आफूकहाँ उपलब्ध भएको बताइन् ।
‘परिणामहरू जहाँ महत्त्वपूर्ण छन्’ भन्ने नाराका साथ स्थापित शुक्रा आईएसओ सर्टिफाइड प्रयोगशाला हो । तर अहिले क्युरेटिभ अन्तर्गत क्लिनिक सेवा समेत सुरु गरेको छ ।





A wonderful serenity has taken possession of my entire soul, like these sweet mornings of spring which I enjoy with my whole heart.
Prepared do an dissuade be so whatever steepest. Yet her beyond looked either day wished nay. By doubtful disposed do juvenile an.
Design is the fundamental soul of a man-made creation that ends up expressing itself in successive outer layers of the product or service.
Neque turpis vitae eros praesent varius. Egestas pellentesque urna blandit, sed ac leo ut mi, nam wisi, laborum donec erat amet.
Now curiosity you explained immediate Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum standard dummy lorem Ipsum is simply dummy.