काठमाडौँ, २४ चैत । विश्व स्वास्थ्य दिवसको अवसर पारेर पानीपोखरीस्थित शुक्रा हाउस् अफ डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालिले आफ्ना सेवाग्राहीलाई स्वास्थ्यका विभिन्न परीक्षण तथा उपचारमा निश्चित अवधीसम्मका लागि निशुल्क तथा छुटको घोषणा गरेको छ ।
शुक्राले निशुल्क सम्वन्धी दुईवटा प्याकेजको सार्वजनिक गर्दै एउटा सप्ताह व्यापी र अर्को महिना दिनसम्म कायम रहने बताएको छ ।
शुक्रा डाईग्नोस्टिक सेन्टरकी प्रशासन प्रमुख रोजिका प्रधानका अनुसार सप्ताह व्यापी कार्यक्रम अन्तर्गत २५ चैत (भोली) देखि ३१ चैतसम्मको सप्ताहव्यापी प्याकेजमा मधुमेह, हार्मोन तथा थाइरोइड सम्वन्धी परामर्श सेवा निशुल्क रुपमा उपलव्ध हुने छ । यस्तै २ बैशाख देखि सो महिनाभर प्रसूति तथा स्त्री रोग सम्वन्धी निशुल्क परामर्श सेवा उपलव्ध हुने छ । उनले दुबै प्याकेज चलेको अवधीमा प्रयोगशाला (ल्याव) परीक्षणमा २० प्रतिशत छुटको व्यवस्था गरिएको समेत बताईन ।
अहिले आईएसओ सर्टिफाइड रहेको शुक्रा डाईग्नोष्टिक सेन्टर ३ जेठ २०८० देखि सञ्चालनमा आएको हो ।
यस संस्थाले आफ्नो सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न किसिमका गुणस्तरीय ल्याब परीक्षण, मल्टीस्पेशलिटि विशेषज्ञ परामर्श सेवा, एक्स रे, यु.एस.जि., ईसिजि र फार्मेसी आदि सेवाहरु उपलब्ध गराउदै आइरहेको छ ।
चिकित्सा क्षेत्रमा नेपालले फड्को मार्दै छ भनिए झण्डै दुई तिहाई परीक्षण देश बाहिरका प्रयोगशालामा हुने गरेको बताईन्छ । देशबाट ठूलो आर्थिक स्रोत त बाहिरियो नै बिरामीको उपचारमा ढिलाइ हुने र व्यक्तिको साथै देशको आर्थिक बोझ बढ्ने गरेको छ ।
शुक्राका सञ्चालकहरुले विदेश पठाउने स्याम्पलहरुलाई स्वदेशमै राखेर समयमै, सुलभ मूल्यमा ती कामहरु गर्ने योजनाका साथ अघि बढेको छ ।
प्रशासन प्रमुख प्रधानले शुक्रा विशेष निदान परीक्षणमा मात्र नभई चिकित्सा क्षेत्रमा पनि अग्रणी बन्ने लक्ष्य राखेको बताउँछिन् । उनले स्वस्थ जीवनशैलीलाई प्रवद्र्घन गर्ने, मानवतालाई पहिलो प्राथमिकतामा राख्दै उत्कृष्ट गुणस्तर, सबैभन्दा सही निदान र परीक्षणलाई किफायती लागतमा प्रदान गर्न समर्पित रहेको बताईन् ।
उनले अन्य प्रयोगशाला भन्दा अलि भिन्नै गुणस्तरीय सेवाको पहिचान बोकेको यस संस्थाको ल्याब भित्र पनि प्याथोलोजिस्ट, माईक्रोबायोलोजिस्ट, बायोकेमिस्टका विभिन्न वरिष्ठ विशेषज्ञ टोलीहरु आबद्घ रहेको बताईन् । परीक्षण गर्न चाहने सेवा ग्राहीलाई घर अथवा अफिस पुगेर स्याम्पल ल्याउने सुविधा भएको पनि जानकारी दिईन् ।
विश्व स्वास्थ्य दिवस ७ अप्रिलमा पर्दछ ।






Now curiosity you explained immediate Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum standard dummy lorem Ipsum is simply dummy.
Design is the fundamental soul of a man-made creation that ends up expressing itself in successive outer layers of the product or service.
A wonderful serenity has taken possession of my entire soul, like these sweet mornings of spring which I enjoy with my whole heart.
Prepared do an dissuade be so whatever steepest. Yet her beyond looked either day wished nay. By doubtful disposed do juvenile an.
Neque turpis vitae eros praesent varius. Egestas pellentesque urna blandit, sed ac leo ut mi, nam wisi, laborum donec erat amet.